सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीबाट एक युवक वेपत्ता

२०७७ भदौ २, ११:०८ खबर संवाददाता

धनगढी : कैलालीको त्रिनगर नाकाबाट डडेल्धुराका एक युवक वेपत्ता भएका छन्। रोजगारीको सिलसिलामा भारतमा रहेका डडेल्धुराको परशुराम नगरपालिका–४ कटालका हरिष परियार ८ दिनअघि वेपत्ता भएका हुन्।

भारतको चेन्नेइंबाट गत साउन २३ गते हिँडेका उनी त्रिनगर नाका पुगेर वेपत्ता भएका हुन्। 

हरिषकी श्रीमती गोमतीले भनिन्, ‘८ दिनअघि साँझ ५ बजेसम्म म सकुसल छु, चिन्ता लिनुपर्दैन भनेर फेन गर्नुभएको थियो। अहिले फोन गरिरहेकाछौँ सम्पर्क हुन सकेको छैन्।’

इलाका प्रहरी कार्यालय जोगबुडा डडेल्धुरामा पनि यस बारेमा जानकारी गराएको उनले बताईन्। 
 

कमेन्ट लोड गर्नुस