सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा सालको काठ बरामद

२०७७ भदौ २, ०८:०७ खबर संवाददाता

धनगढी : धनगढीबाट सालको काठ बरामद गरिएको छ। धनगढी उप–महानगरपालीका वडा नम्बर १३ कैलालीगाउँ स्थित सडक खण्डमा ठेलामा लोड गरी राखेको अवस्थामा दुई गोलीया काठ बरामद गरिएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले ठेला सहित काठ बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले बताए। आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय कैलालीमा पठाईएको छ। 
 

कमेन्ट लोड गर्नुस