कर्मचारीमा कोरोना देखिएपछि धनगढीको ग्लोबल आइएमई बैंक बन्द
धनगढी : धनगढीको ग्लोबल आइएमई बैंकमा कार्यरत एक कर्मचारीमा कोरोना देखिएपछि बैंक बन्द गरिएको छ। कोरोना पुष्टि हुने वित्तिकै सेवाग्राहीलाई बाहिर पठाएर बैंक बन्द गरिएको हो।
कर्मचारीमा संक्रमण देखिएपछि बैंक बन्द गर्ने निर्णय भईसकेको र कति दिन बन्द गर्ने बारे छलफल भईरहेको क्षेत्रीय प्रबन्धक मुकुन्द भट्टले बताए।
उनले सम्पुर्ण कर्मचारीको पीसीआर जाँचपछि बैंक सेनिटाइज गरेर मात्रै संचालन गरिने बताए। उनले धनगढीमै रहेका अन्य दुई शाखा भने सञ्चालन हुने बताए।
धनगढी चौराह नजिकको शाखामा कार्यरत कर्मचारीमा कोरोना देखिएको हो। बैंकमा कार्यरत २६ बर्षीय युवकमा कोरोना देखिएको थियो। ति युवक धनगढी उप–महागरपालिका वडा नम्वर ४ मा डेरा गरी बस्दै आएका छन्।