सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा राउटेका घर अझै बनेनन्

२०७७ साउन ३२, ०२:२१ रासस

डडेल्धुरा: डडेल्धुरामा हालसम्म राउटे समुदायका लागि एक दर्जन घर निर्माण हुन सकेका छैनन्। २०६८ सालमा घर आवास कार्यक्रम अन्तर्गत ती समुदायका घर बनाउने योजना कार्यान्वयनमा आएको थियो। राउटेलाई सरकारले लोपोन्मुख जातीमा राखेको छ। यस जातीको संरक्षण सरकारले गर्नुपर्ने हुन्छ।

तत्कालीन अवस्थामा जोगुवडा क्षेत्रमा ८६ घरपरिवार राउटेको बसोवास थियो। परशुराम नगरपालिका–४ रज्याैंडाका ४१ परिवार राउटेका घर निर्माणमा परे। जोगुबडा क्षेत्रका १०८ सामुदायिक वन विरुद्ध अख्तियारमा मुद्दा पर्यो। काठ कटान गर्न रोक लागेपछि काम प्रभावित भयो। वनको मुद्दापछि काठ उपलब्ध भएन र घर निर्माणको काम रोकियो।

विषेश अदालतको फैसला अनुसार भित्री मधेश क्षेत्रका सामुदायिक वनमा काटिएको काठ अहिले बिक्री भइसकेको छ। तर राउटेका घर भने अधुरै रहेका छन्। घर निर्माणका लागि  बनाइएका कार्ययोजना थियो। 

आर्थिक वर्ष २०६८/६९ भित्रै निर्माण गर्ने गरी काम थालिएको थियो। काठको मुद्दा अख्तियारमा परेपछि काठ कटान निकासा रोकियो। काठ नपाएपछि निर्माणाधीन घरको काम पनि रोकियो। मुद्दाको तीन चार वर्षपछि काठ निकासा खुल्यो। तर राउटेका एक दर्जन घर एक दशकसम्म पनि निर्माण हुन सकेका छैनन्। यसले संरक्षित राउटे समुदाय समस्यामा छन्।

सामुदायिक वनले काठ नदिएपछि घर बन्न नसकेको स्थानीयवासी सन्तीदेवी राउटेले बताइन्। आफूहरु उपभोक्ता भए पनि काठ नदिँदा घर अधुरै रहेको उनको गुनासो छ। केहीले जमुनाको काठ प्रयोग गरी घर बनाएका छन।
तोकिएको समयमा घर बन्न नसक्दा रकम निकासा भएन। स्थानीयवासी उदयसिंह राउटेले भने “कसैले १२ हजार मात्रै पाएका छन् भने कसैले २४ हजारसम्म मात्रै पाएका छन।” सामुदायिक वनले काठ दिन रोक्यो। काठ नपाएपछि घर अधुरै रहेको उनले बताए।

महेन्द्रनगरबाट काठ ल्याई बनाउने भनिए पनि त्यसो हुन सकिएन। आफू उपभोक्ता रहेको सामुदायिक वनले काठ नदिँदा घर अधुरै रहेको गुनासो उनको पनि छ। सामुदायिक वनको सालको काठ जोगबुढाबाट बाहिर निकासी भएको छ। तर राउटे समुदायलाई काठ उपलब्ध नहुँदा नौ वर्षसम्म घर अधुरै रहेका छन्। कतिपय आधा बनेका घर जीर्ण भएका छन्। कतिपय घरको निसान नै छैन। जग मात्रै हालेका घरमा जङ्गल बनेको  राउटेका अगुवा दानबहादुर राउतले जानकारी दिए।

कमेन्ट लोड गर्नुस