डडेल्धुराको गन्यापधुराका चार बालबालिकालाई युवाद्वारा सहयोग
डडेल्धुरा: डडेल्धुराको गन्यापधुरा गाउँपालिकाका चार बालबालिकालाई युवाहरुले सहयोग गरेका छन्।
गाउँपालिकाको वडा नम्बर १ सुन्नस्थित दलित परिवारका शान्ती कामी, डम्बर कामी, गोवीन्द कामी र निर्मला कामीलाई युवाहरुले कापिकलम, विद्यालय पोसाक, जुत्ता चप्पल र झोला सहयोग गरेका हुन।
उनीहरुको घरमै गएर युवा भरत मल्ल, हरि भण्डारी, गोविन्द भट्ट र भुवनकाजी भण्डारीले सहयोग गरेका हुन। आमाले आत्महत्या गरेको र बुवा जेलमा रहेकाले ती बालबालिकाको शिक्षा आर्जनमा समस्या नहोस् भनेर सहयोग गरेको भरत मल्लले बताए।