कैलालीमा सशस्त्र प्रहरीद्वारा अवैध सामान बरामद
२०७७ साउन २५, ०४:०९
धनगढी: कैलालीमा सशस्त्र प्रहरीले भन्सार छलेर ल्याइएका अवैध कपडा तथा हार्डवयरका सामग्री बरामद गरेको छ।
जिल्लाको धनगढी उप–महानगरपालिका –१० सुडाघाट र कैलारी गाउँपालिका –५ शिवरतनपुर ईलाकामा भारतबाट अवैध रुपमा ल्याउँदै गरेको अवस्थामा ६० हजार ५ सय ७० बराबरको सामान बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेड क्वाटरले जनाएको छ।
बरामद गरिएका सामान भन्सार कार्यालयमा दाखिला गरेको प्रहरीले जानकारी दिएको छ।
कमेन्ट लोड गर्नुस