दार्चुलामा चार वर्षमा ३० बलात्कार
दार्चुला: दार्चुलामा चार वर्षको अवधिमा ३० जना महिला तथा बालिकामाथि बलात्कार भएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार बलात्कारमा घट्नामा आफन्त तथा चिनेजानकै व्यक्तिको सहभागिता रहेको पाइएको छ ।
जिल्लामा आर्थिक वर्ष ०७३/०७४ मा ३ वटा जबरस्ती करणी तथा २ वटा जबरजस्ती करणी उद्योगको मुद्धा दर्ता भएको प्रहरी निरीक्षक भाष्कर चन्दले जानकारी दिए। यस्तै आर्थिक वर्ष ०७४/०७५ मा ५ वटा जबरजस्तीकरणीको मुद्धा दर्ता भएका छन्।
यसैगरी आर्थिक वर्ष ०७५/०७६ मा ५ वटा जबरजस्ती करणी र २ वटा जबरजस्ती करणी उद्योगका मुद्धा दर्ता भएको छ। भने, आर्थिक ०७६/०७७ मा जबरजस्तीकरणीका ८ वटा तथा जबरजस्तीकरणी उद्योगका ६ वटा मुद्दा दर्ता गरिएको प्रहरी निरीक्षक चन्दले बताए।
बलात्कारका घट्नामा अधिकांश बालिका पर्ने गरेको प्रहरीको तथ्यांक छ। अझै ग्रामीण क्षेत्रबाट बलात्कार, यौन दुव्र्यवहार र महिला हिंसाका अधिकांश घट्नाहरु प्रहरीसम्म पुग्ने गरेका छैनन्। अहिले पनि यस्ता घट्नाहरु समाजमै लुकाइएका छन्।