सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीकी क्यान्सर पीडित जानुकालाई शुभ इच्छा युवा कलबको सहारा

२०७७ साउन १४, ०५:१३ खबर संवाददाता

धनगढी: धनगढी उपमहानगरपालिका –१२ जुगेडाकी ५२ वर्षीया जानुका सन्जेल क्यान्सर पीडित हुन। किसानी गरेर घरखर्च चलाइरहेका उनको पारिवारिक आर्थिक स्थिती कमजोर थियो। उनलाई क्यान्सर लागेपछि उनको उपचारका लागि आर्थिक अभाव भयो।

त्यसपछि शुभ इच्छा युवा कलबले ‘जानुका बचाउ अभियान’ सञ्चालन गरेर आर्थिक सहयोग संकलन कार्य सुरु गरेको थियो। साउन सुरुबाट सुरु गरेको अभियानमार्फत एक लाख १४ हजार ६० संकलन भएको क्लबका सल्लाहकार विवेक लामाले बताए। जानुका बचाउ अभियानमा १९ जनाले सहयोग गरेको लामाले बताए। 

रकम संकलन भएपछि जानुकाको उपचारमा सहयोग पुगेको र उनको स्वास्थ्य स्थिती सामान्य बनेको क्लबले जनाएको छ। ‘उहाँको भरतपुर क्यान्सर अस्पतालमा उपचार भएर घर फर्किसक्नु भएको छ। अहिले स्वास्थ्य अवस्था सामान्य छ’ सल्लाहकार लामाले भने, ‘अभियानमा सहयोग गर्नहुने सम्पूर्ण मनकारी मनहरुलाई हृदयदेखि धन्यवाद छ।’

यी हुन जानुका बचाउ अभियानमा सहयोग गर्नेहरु :

कमेन्ट लोड गर्नुस