सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीबाट गर्भवतीको उद्धार

२०७७ साउन १३, ०७:०६ खबर संवाददाता

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले जटिल अवस्थाकी गर्भवती महिलाको उद्धार गरेको छ।

प्रदेशको सामाजिक बिकास मन्त्रालयले मंगलबार नेपाली सेनाको स्काई ट्रक मार्फत गर्भवतीको उद्धार गरेको हो।

धनगढी उप महानगरपालिका वडा नम्बर ५ तारानगरकी गर्भवती रिता पन्तको अवस्था जटिल भएपछि सेनाको स्काई ट्रक मार्फत उद्धार गरी काठमाडौँ पठाएको सामाजिक बिकास मन्त्रालयका सुचना अधिकारी हेमराज खड्काले बताए।

कमेन्ट लोड गर्नुस