सुदूर नेपाललाई विश्वसँग जोड्दै

विष्णु पौडेललाई पक्राउ गर्नुअघि भैंसेपाटीस्थित निवासमा सम्पत्ति शुद्धीकरण विभागको छापा

२०८३ असार ८, ०६:४० खबर संवाददाता

काठमाडौं :नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई पक्राउ गर्नुअघि उनको घरमा छापा मारेको खुलेको छ।

उनलाई सोमबार दिउँसो सम्पत्ति शुद्धीकरण विभागको टोलीले सुर्खेतबाट पक्राउ गरेको थियो। विभागले उनलाई नियन्त्रणमा लिनुअघि ललितपुरको भैंसेपाटीस्थित उनको निवासमा छापा मारेको हो। प्रहरीले छापा मारेर केही कागजात समेत नियन्त्रणमा लिएको विभाग सम्बद्ध स्रोतले बतायो।

पौडेलले गरेको सेयर कारोबार र सम्पत्तिको शंकास्पद स्रोतको अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको विभाग सम्बद्ध उच्च स्रोतले बतायो। पौडेल पार्टी कार्यक्रमका लागि सुर्खेत पुगेका थिए। उनलाई सुर्खेतबाट पक्राउ गरेर काठमाडौँ ल्याउन लागिएको प्रहरी उच्च स्रोतले जनाएको छ। एमालेले अहिले सबै प्रदेशमा पार्टी पुनर्गठन सुझाव संकलन गरिरहेको छ।

उनलाई कार्यक्रमस्थलबाटै पक्राउ गरेर अहिले जिल्ला प्रहरी कार्यालयमा राखिएको छ। उनलाई हवाइ वा स्थलमार्गमध्ये कुनै उपयुक्त विकल्पबाट काठमाडौँ ल्याउने तयारी भइरहेको स्रोतले बताएको छ। 

कमेन्ट लोड गर्नुस