सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा युवकमाथि खुकुरी प्रहार गर्ने एकजना पक्राउ

२०७७ साउन १०, ११:२८ खबर संवाददाता

धनगढीः कैलालीमा युवकमाथि खुकुरी प्रहार गरी घाईते बनाएको घटनामा एकजना पक्राउ परेका छन्।

जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर १ का २८ वर्षीय रमेशबहादुर शाहीमाथि खुकुरी प्रहार गरेको आरोपमा एकजना पक्राउ परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले खुकुरी प्रहार गर्ने २२ वर्षीय परेग न्यौपानेलाई पक्राउ गरिएको बताए। यस्तै घटनामा संलग्न अन्य व्यक्तिको खोजी भईरहेको प्रहरीले जनाएको छ।

घाइते शाहीको नेपालगञ्जमा उपचार भईरहेको छ। 
 
 

कमेन्ट लोड गर्नुस