कैलालीमा युवकमाथि अज्ञात समुहद्वारा धारिलो हतियार प्रहार
धनगढी: कैलालीमा एक युवकमाथि दिउँसै धारिलो हतियार प्रहार भएको छ। जिल्लाको लम्कीचुहा नगरपालिका –१ का २८ वर्षीय रमेशबहादुर शाहीमाथि अज्ञात समुहले धारिलो हतियार प्रहार गरेको बुझिएको छ।
धारिलो हतियारबाट शाहीको दुबै काधको दायाँबायाँ गम्भिर चोट लागेको छ भने शरिरका अन्य भागमा समेत चोट लागेको छ। करिब ७÷८ जनाको समुहमा आएका आक्रमणकारीहरुले एक्कासी शाहिमाथि हतियार प्रहार गरेर लखेटेको प्रत्यक्षदर्शीले बताएका छन्।
घाइते शाही आक्रमणकारीको हुलबाट चौराहानजिक रहेको प्रहरी बिटतर्फ भोगेपछि बाच्न सफल भएका थिए। अक्रमणकारी भने अहिले फरार रहेको र प्रहरीको टोली त्यहाँ पुगेको छ।
अहिले घाइते शाहीको लालरत्न अस्पतालमा उपचार भइरहेको छ।