सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको पञ्चोदय माविकाे अध्यक्षमा चक्र बम निर्विरोध

२०७७ साउन २, ०६:४२

धनगढी : पञ्चोदय उच्च मावि धनगढी ५ हसनपुरको विद्यालय व्यबस्थापन समितिको अध्यक्षमा चक्र बम निर्विरोध चयन भएका छन्। समितिको सदस्यमा भुमिराज जोशी, शंकरराज पाठक, गणेश उपाध्याय, चन्द्र मगराती, पार्वती चौधरी, शुसिला भट्ट र हरिषकुमार ओझा चयन भएका छन्।

शुक्रबार एक कार्यक्रम बिच वडा नम्बर ५का वडा अध्यक्ष हिरासिह पातलीले बधाई दिदै नवनिर्वाचित अध्यक्षलाई कार्यकालको शुभकामना व्यक्त गरे। अध्यक्ष चयन भएकोमा बमले खुशी ब्यक्त गदै आफूलाई सबैलाई धन्यवाद दिए।

नवनिर्वाचित अध्यक्ष बमले विद्यालयलाई थप उचाईमा पुगाउने बताए। शैक्षिक गुणस्तर, भौतिक संरचना निर्माणका लगायत बिधालयलाई नमुना बिधालय बनाउनमा आफनो सकारात्मक पहल रहने उनले बताए।

कमेन्ट लोड गर्नुस