सुदूर नेपाललाई विश्वसँग जोड्दै

चोरी मुद्दामा फरार कैलालीका एक युवक कञ्चनपुरबाट पक्राउ

२०८३ असार १०, ०७:१८ खबर संवाददाता

कञ्चनपुरः चोरी मुद्दामा फरार कैलालीका एक युवक कञ्चनपुरबाट पक्राउ परेका छन्।

जिल्ला अदालत कञ्चनपुरको मिति २०८१ फागुन १२ गतेको फैसलाले चोरी मुद्दामा ३५ दिन कैद सजाय र ३ हजार जरिवाना तोकिएको कैलालीको गोदावरी नगरपालिका–३ ढकवा बस्ने २६ वर्षीय नविन टमटा पक्राउ परेका हुन्। टमटालाई इलाका प्रहरी कार्यालय गुलरिया, कञ्चनपुरबाट खटिएको प्रहरीले मंगलबार कृष्णपुर नगरपालिका–६ गजरौलाबाट पक्राउ गरेको जनाएको छ।

कमेन्ट लोड गर्नुस