सुदूर नेपाललाई विश्वसँग जोड्दै

उत्तरपूर्वी टर्कीमा बाढी दुई जनाको मृत्यु

२०७७ असार ३०, ०५:२३ रासस

टर्कीको उत्तरपूर्वी प्रान्त रिजमा मङ्गलबार आएको बाढीमा परी कम्तीमा दुई व्यक्तिको मृत्यु भएको छ। यस बाढीमा परी अन्य ११ जना घाइते भएका छन्। 

 भारी वर्षापछि आएको बाढी परी दुई व्यक्तिको  मृत्यु भएको गृह मन्त्री सुलेएमान सोएलुले समाचारदाताहरुलाई बताउनु भएको छ। बाढी प्रभावित क्षेत्रमा रहेका वासिन्दालाई  सुरक्षित स्थानमा लैजाने कार्य जारी रहेको समाचारमा जनाइएको छ।

आइतबार साँझबाट नै परेको भीषण वर्षाको कारण उक्त बाढी र पहिरोको खतरा बढेको  थियो।  यस बाढीको कारण कैयौ सडक र पुलहरु भत्किनुको साथै सवारी साधनहरु फर्सेका स्थानीय टेलिभिजनहरुले प्रशारण गरेको समाचारमा जनाइएको छ।
 

कमेन्ट लोड गर्नुस