सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा मोटरसाईकल र अटो ठोक्किँदा एकजनाको मृत्यु, तीन जना घाईते

२०७७ असार २९, ०९:०४ खबर संवाददाता

सुखड- कैलालीमा मोटरसाईकल र अटो ठोक्किँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर २ साडेपानीमा मोटरसाईकल र अटो ठोक्किँदा कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नम्बर ९ का ४१ वर्षिय कुष्माकर जोशीको मृत्यु भएकको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टका अनुसार पश्चिमबाट पूर्व जाँदै गरेको म २ प ७९७ नम्बरको मोटरसाईकल पूर्वबाट पश्चिम आउदै गरेको अटोमा ठोकिएको हो। अन्य तीन जना घाइते भएका छन्। 

घाईते हुनेमा मोटरसाईकलमा सवार कञ्चनपुरको भिमदत्त नगरपालिकाका वडा नम्बर २ भाँसीका ४१ बर्षिय जयराज भट्ट, अटो चालक घोडाघोडी नगरपालिका १ कौवाका ३५ वर्षिय पतिराम चौधरी र अटोमा सवार भजनी नगरपालिका ६ की ५० वर्षिया ढक्या चौधरी रहेको प्रहरीले जनाएको छ। घाईतेहरुको घोडाघोडी अस्पतालमा उपचार हुँदैछ। 

 

कमेन्ट लोड गर्नुस