मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु, तीन घाइते
मोटरसाइकलले ठक्कर दिंदा एक बालकको मृत्यु भको छ भने तीन जना घाइते भउका छन्।
सर्लाहीको बरहथवा नगरपालिका–११ वाग्मती सिँचाई आयोजना नहरको डिलमा शनिबार राति ना ५२ प ५६५१ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा १२ वर्षीय जुगल मुखियाको मृतयु भका प्रहरीले जनाएको छ।
सर्लाही प्रहरीका अनुसार तीव्र गतिमा गुडिरहेको मोटरसाइकलको ठक्करबाट घाइते भएका श्रवण मुखिया, शम्भु मुखिया र सुरेन्द्र महतोलाई थप उपचारको लागि बीरगञ्ज लगिएको छ। मोटरसाइकलका चालक फरार भएकाले खोजी भइरहेको प्रहरीले जनाएको छ।