सुदूर नेपाललाई विश्वसँग जोड्दै

मानवसेवामा तल्लिन अदृश्य हिरोहरु

२०७७ असार १०, ०१:३२

-गणेश थापा

डडेल्धुरा: सुदूरपश्चिमको सात पहाडि जिल्लाको केन्द्रबिन्दुमा रहेको डडेल्धुरा भएर पछिल्लो दुई महिनामा भारतबाट फर्कनेहरुको कुनै आधिकारिक तथ्यांक छैन्। कैलालीको त्रिनगर भन्सार नाका र कञ्चनपुरको गड्डाचौकी नाकाबाट स्वदेश फर्कनेहरुको संख्या लाख नाघिसकेको छ।

कोरोना भाइरसको कारण रोजगारको शिलशिलामा प्रदेशमा रहेका नेपाली दाजुभाईहरुको घर फिर्ति त्यति सहज देखिदैन जति सहज आम मानीसले सोचेको छ।  जेनतेन नेपाली भुमिमा प्रवेश गर्ने परदेशीहरुलाई नाकादेखि आफनो जन्मभुमी सम्मको यात्रा झनै कष्टकर र अपत्यारीलो हुँदै आएको छ। आफ्नै देशमा परदेशीको व्यवहार खेप्नु परेकोछ। निर्दाेष छन् तैपनि दोशीको झै व्यवहार झेल्नु परेको छ। पैसा छ, खानेकुरा छैन र कतिपय अवस्थामा पानी पाउँदा पनि स्वर्गको फल पाएको महशुस गरिरहेका छन्।

“मानवधर्म नै सर्वाेत्तम धर्म हो” सायद यहि मन्त्रलाई पछयाउँदै विभिन्न स्थानहरुमा अनि विभिन्न तह र तप्काहरुमा घर फर्किनेहरुका लागि विभिन्न किसिमका सेवाहरु प्रदान गर्दै आईरहेका छन्। विभिन्न व्यक्ति, समुह र संघसंस्थाहरु र डडेल्धुराको यस्तै भिडमा अनवरत सेवा दिइरहेकाछन् अदृश्य हिरोहरु। आ–आफ्नै कर्म र आ–आफ्नै कार्यव्यस्तता भएतापनि लकडाउनको अलिक फुर्सदिलो समय, मानवीय भावना र सहयोगी सम्बन्धकै कारण उहाँहरुसंग सँग दर्जन बढी अन्य पेशामा आबद्ध मनहरुपनि जोडिएका छन्।

एक भनाई छ “भन्नजस्तो सजिलो, गर्नजस्तो गाह्रो, कुराजस्तो मिल्ने, कामजस्तो सारो।”। आखिर आजभोलिको यस्तो क्षण, जसको कुनै सिमारेखा छैन। मानिसहरु काकाकूल छन्। ठूलो संकट र्आलागेको छ। यस संकटमा उत्तेजना, शौन्दर्य र चुनौतीहरु पनि छन्। जसका वावजुत पनि जस्तोसुकै प्रतिकूल समयको पर्वाह नगरी होमिएका छन् यी सबै।

२०७७ जेष्ठ १८ गते देखि लगातार तरकारी काट्ने, खाना पकाउने, खाना प्याकिङ गर्नुका साथै यात्रुहरुलाई खाना खुवाउने काम गर्दैगरेका भेटिने जगदिश धामी पेशाले जिल्ला सदरमुकामस्थित ज्ञानोदय विद्या निकेतनका प्रधानाध्यापक एवं डडेल्धुरास्थित भिमदत्त बहुमुखी क्याम्पसका उपप्राध्यापक पनि हुन। तर स्वदेश फर्कने यात्रीहरुको दुखः देखेर आफुलाई निरन्तर निःशुल्क खाना खुवाउने काममा समर्पण गरेका छन् उनी।  

जिल्लााको अजयमेरु गाँउपालीकाका स्थायी बासिन्दा तेजबहादुर भण्डारी पेशाले डडेल्धुरा सदरमुकामस्थित शिखर टेक्निकल ईन्स्टिच्युटका प्राचार्य हुन। तर उनी पछिल्लो २२ दिनदेखि तरकारी काट्ने, खाना पकाउने, खाना प्याकिङ गर्नेुका साथै यात्रुहरुलाई खाना खुवाउने काम देखि विभिन्न व्यक्ति र निकायहरुसँग समन्वयकारी भुमिकामा आफुलाई अभ्यस्त बनाइरहेका छन्।

मानव भएपछी एउटाको दुख अर्काेलाई दुख्नुपर्छ अनि एउटालाई दुख्दा अर्काेले मल्हम पट्टी लाउन जान्नुपर्छ। सायद यहि महशुस हुन्छ अनवरत सेवामा लागि रहेका अर्का पात्र विनित विक्रम सिजापतीलाई देखेपछि। स्थायी ठेगाना काठमाण्डौ महानगरपालिका अनी पेशाले डडेल्धुरास्थित लक्ष्मी बैँकको शाखा प्रवन्धक तर  उनी कार्यालय समय पश्चातको अधिकांश समय यस क्षेत्रका यात्रुहरुलाई खानाको जोहो गर्न बिताईरहेका हुन्छन्। सिजापति आफु स्वयंम सेवकको रुपमा मात्र खटिएर गुन लगाएका छैनन्। आफनो तर्फबाट खाद्यान्न खरिदका लागी १० हजार बराबरको सहयोग गरेर एउटाको दुख अर्काेलाई दुख्नुपर्छ भन्ने सत्यको उदाहरण बनिरहेका छन्। 

तराईबाट फोन आउछ, ‘आज यती बजे यती जना आइरहेछन खानाको प्रबन्द्ध मिलाउनु पर्यो।’ सो अनुरुप उनीहरु जोडिन्छन, सामग्री व्यवस्थापन गर्छन, पकाउछन, प्याकिङ गर्छन्। सदरमुकाम नजीकैको स्याउले बजार गई सम्भव भए आफै र सवारी ढिला आउनेभए ट्राफिक पोष्टमा खाना छोडेर आउछन्।  ‘एकदिन ३५० जना जतिलाई पनि खाना खुवाइयो र रातीको १ बज्यो’ अभियानसँग जोडिएका अभियन्ता तेज बहादुर भण्डारीले भने। 

लकडाउनको यस अवधीमा स्वयंमसेवी भएर खटिइरहेका युवाहरु आफु मात्रै खटिँदैन अन्य युवाहरुलाई पनि मानव सेवाको लागि उत्साहित गरिरहेका छन्। र उनीहरु आफुले मात्र सहयोग गरेर हैन अरुलाई पनि सहयोग गर्न प्रेरित गरेर डडेल्धुरा हुँदै ओहोरदोहोर गर्ने यात्रुलाई खाना खुवाइरहेका छन्। सामाजिक संञ्जालको प्रयोग गरेर आफना मित्रहरुबाट पनि सहयोग संकलन गर्न लागि परिरहेका छन्।

डडेल्धुरामा भक्त बिबि हेल्पिंग हयाण्डस फर ह्युुम्यानिटी र श्री बहादुर स्मृृति प्रतिष्ठानद्धारा संञ्चालन गरिएको निःशुल्क भोजन कार्यक्रममा अरु धेरै स्वयंमसेवक संगै यी युवाहरु खटिइरहेको देख्न सकिन्छ।

यस विसम परिस्थीतीमा यसरी जोडीएका सबै मनलाई भित्रैबाट सलाम, तपाईहरुको इच्छाशक्ति, मनोबल, विश्वास र दृढता अझ खारियोस। 

 

कमेन्ट लोड गर्नुस