सुदूर नेपाललाई विश्वसँग जोड्दै

मानवसेवा आश्रम धनगढीद्धारा महिलाको उद्धार

२०७७ असार ५, ०६:४३ खबर संवाददाता

धनगढी : धनगढीमा रहेको मानवसेवा आश्रामले एक महिलाको उद्धार गरेको छ। विगत केही दिनदेखि धनगढीको सडकपेटीमा कष्टकर जिवन बिताइरहेकी अन्दाजी ५० वर्षीय महिाको उद्धार गरिएको आश्रमले जनाएको छ।

धनगढी उपमहानगरपालिकाकी उपमेयर शुशिला मिश्रको पहलमा बोल्न नसक्ने ती महिलाको उद्धार गरिएको हो। धनगढी उपमहानगरपालिका कार्यालय अगाडिबाट उनको उद्दार गरेर कोरोना परिक्षण गरि आश्रममा ल्याइएको मानवसेवा आश्रमले जनाएको छ।

मानवसेवा आश्रमले सडकपेटीमा कष्टकर जिवनयापन गर्न विवश विभिन्न उमेर समूहका सडक आश्रित अशक्त र अभिभावक विहिन व्यक्तिहरुको सेवा गरिरहेको छ।

कमेन्ट लोड गर्नुस