सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी घर भएका जोशीको मुख्य अभिनय रहेको चलचित्र 'भागदौड' प्रदर्शनमा

२०८३ असार २६, ०१:३२ खबर संवाददाता

धनगढीः चलचित्र 'भाडदौड' आजदेखि प्रदर्शनमा आएको छ। यो चलचित्र देशभरका हलहरुमा एकसाथ प्रदर्शनमा आएको हो। चलचित्रको मुख्य भूमिका धनगढी उपमहानगरपालिकाको शिवनगर घर भएका कलाकार घनश्याम जोशी तथा अर्काे मुख्य कलाकारमा विशाल पोखरेल छन्।

धनगढीको एसटीएस सिनेमा हलमा पनि चलचित्र भाडदौड प्रदर्शन भइरहेको छ। यो सिनेमाले जीवनको भागदौडको कथा भन्छ। अर्थात आममानिसको जीवनको दौडधुपलाई चलचित्रको पर्दामा उतारिएको छ। जीवनको संघर्ष र यथार्थ बोकेको हास्यव्यङ्ग्य प्रधान चलचित्र भागदौडले सन्देशहरु पनि दिएको छ।

कलाकार जोशीले यो चलचित्रमा दर्शकलाई हसाउने र ‘इमोस्नल’ बनाउने ‘दृश्य’हरु रहेको बताए।  आममानिसको जीवनका दुख, पीडा र भोगाइका विषबस्तुलाई चलचित्रमा देखाउन खोजिएको उनले जानकारी दिए। चलचित्रले नेवारी संस्कतिकलाई जोडेर आममानिको यथार्थ र संघर्ष प्रस्तुत गरेको छ।

नेवारी संस्कृतिलाई जोडेर १० कक्षा पास गरेपछि इन्जिनियरिङ पढ्न चाहने एउटा युवतीले आफ्नो सपनााहरु पूरा गर्न गरेको संघर्षलाई कथानक बनाइएको छ। युवतीको संघर्षमा समाजलाई प्रभाव पार्न आउने पात्रको रुपमा जोशी देखिएका छन्।

समाजमा देखिएका विकृति नियन्त्रण गर्ने दायित्व बोकेका सुरक्षाकर्मीको रुपमा पोखरेल छन् । चलचित्रले समाजको ऐना देखाइएको अर्का कलाकार पोखरेलले बताए। समाजको संस्कार, संस्कृति बोकेको यो चलचित्र नेपाली माटो सुहाउँदो रहेको उनले बताए।

जोशी र पोखरेलसँगै चलचित्रमा अनिशा श्रेष्ठ, शारदा राई, शेखर चापागाईँलगायत कलाकार प्रमुख भूमिकामा छन्। त्यस्तै देशभक्त खनाल, लक्ष्मी गिरी, शंकर, महर्जन, सुशास तिमिल्सिनाजस्ता सिनेमाको पर्दामा स्थापित कलाकारहरुको अभिनय रहेको छ।

यो चलचित्र सुप्रिम म्युजिक एण्ड फिल्म प्रालिको प्रस्तुति हो। विश्वराम विष्टले निर्माण गरेको चलचित्रको लेखन तथा निर्देशन हिमाल उप्रेतीले गरेका हुन्। चलचित्रका गीतहरुमा वसन्त सापकोटा र प्रकाश नेपालीको संगीत भरेका छन् भने गीतको लेखन वसन्त सापकोटा र निर्देशक उप्रेतीले गरेका छन्। गीतहरुम मिलन नेवार, अस्मिता अधिकारी र प्रल्हाद तिमिल्सिनाजस्ता लोकप्रिय गायक–गायिकाले स्वर दिएका छन्।

धनगढी घर भएका जोशी नेपाली सिने क्षेत्रका स्थापित कलाकार हुन् । उनले दर्जनौँ चलचित्र, टेलिसिरियल, विज्ञापन आदिमा मुख्य कलाकारको भूमिकामा अभिनय गरिसकेका छन् ।

कमेन्ट लोड गर्नुस