सुदूर नेपाललाई विश्वसँग जोड्दै

एकैदिन ५८ जना संक्रमित भेटिएपछि डडेल्धुराको गन्यापधुरा गाउँपालिका सिल

२०७७ असार ५, ०९:३३ खबर संवाददाता

डडेल्धुरा : डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या बढेपछि सिल गरिएको छ।

बिहीबारदेखि असार १२ गतेसम्मका लागि गाउँपालिका सिल गरिएको गन्यापधुरा गाउँपालिकाका अध्यक्ष नवलबहादुर मल्लले जानकारी दिए। 

बिहिवार मात्रै गन्यापधुरामा ५८ जनामा कोरोनाको संक्रमण फेला परेपछि गाउँपालिका सिल गरिएको उनले बताए।

गाउँपालिकाले सिल गरिएको अवधिमा स्वास्थ्य सेवा बाहेकका सम्पूर्ण कार्यालयहरु, बैंकहरु र पसलहरुसमेत असार १२ गतेसम्म बन्द रहने र आवश्यक काम बाहेकको अवस्थामा घरबाहिर कसैलाई ननिस्कन पनि गाउँपालिकाकावासीलाई आग्रह गरेको छ। 
 

कमेन्ट लोड गर्नुस