क्वारेन्टिन र सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री सहयोग
धनगढी: धनगढी उपमहानगरपालिका क्षेत्रमा रहेका क्वारेन्टिन र सीमा क्षेत्रमा खटिएका सुुरक्षाकर्मीलाई मास्क र सेनिटाइजर सहयोग गरिएको छ। कञ्चनपुरको बेदकोट नगरपालिका क्षेत्रका युवा सिरोमणी कुमार ओझा(सुर्य)ले उक्त सामग्री सहयोग गरेका हुन।
उनले धनगढी उपमहानगरपालिका –३ नवदुर्गा माविको क्वारेन्टिनमा २ सय मास्क, २ सय ग्लोब्स् र मुल गेटमा सेनिटाइजर दिएको जानकारी दिए। यस्तै कैलालीको सेडावेडा बोर्डर आउट पोष्टमा सेनिटाइजरसहित २ सय थान ग्लोब्स् र मास्क वितरण गरिएका ओझाले बताए।
क्वारेन्टिन सुरक्षा र सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीलाई हौसला प्रदान गर्न उक्त सामग्री हस्तान्तरण गरेको ओझाले बताए।