सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती प्रादेशिक अस्पताललाई सामग्री सहयोग

२०७७ असार २, ०२:२७ खबर संवाददाता

धनगढी: सेती प्रादेशिक अस्पताललाई रोटरी क्लब अफ धनगढीले सहयोग गरेको छ। क्लबले अस्पताललाई वाटर प्युरिफायर फिल्टर र वाटर डिस्पेन्सर उपलब्ध गराएको हो।

सेती प्रादेशिक अस्पताल अन्तरगत संचालित अस्थायी कोरोना अस्पतालका बिरामीहरुलाई सहज होस् भन्ने उदेश्यका साथ सहयोग गरेको क्लबका अध्यक्ष हरिशंकर ठाकुरले बताए। उनले कोरोना अस्पतालमा रहेको कोरोना संक्रमित बिरामीलाई शुद्ध र तातोपानी उपलब्ध गराउन करिब ७७ हजार बराबरको उक्त सामग्री हस्तान्तरण गरिएको बताए।
 

कमेन्ट लोड गर्नुस