सुदूर नेपाललाई विश्वसँग जोड्दै

जन्मदिनको अवसरमा सहयोग

२०७७ जेठ २५, ०७:०४ खबर संवाददाता

डडेल्धुरा : जन्मदिनको अवसरमा नेपाली काँग्रेस डडेल्धुराले सञ्चालन गरेको एनडी प्रकाश चटौत आपतकालिन भोजन चुलोलाई सहयोग गरिएको छ। 

डडेल्धुरामा अलपत्र परेका तथा विपन्नलाई निःशुल्क खाना खुवाइरहेको आपतकालिन चुलोलाई  अमरगढी नगरपालिका –५ बागबजार निवासी आवाज गुरुङ र उनका साथिहरु मनीष मल्ल, रोहित पाठक र तिर्थ पनेरुले समेत एनडी प्रकाश चटौत आपतकालिन भोजन चुलोमा सहयोग गरेका छन्। उनीहरुले ९० किलो चामल, ८ किलो दाल, ४ किलो नुन र ५ लिटर तेल प्रदान गरेका हुन। 

लकडाउनका बेला खाना नपाएकालाई सहयोग गरिरहेको चुलोलाई सहयोग होस् र युवाहरुलाई उत्प्रेरणा मिलोस् भनी सहयोग गरेको आवाज गुरुङले बताए। ‘जन्मदिनमा पार्टी त अरु वर्ष गरौंला तर यो वर्ष पकेट खर्च बचाएर सहयोग गर्न पाउँदा पुण्यको काम गरे जस्तो लाग्यो’ उनले भने। 

कमेन्ट लोड गर्नुस