नालापानी
पृन्शका सिँह ठकुरी (रोशनी)
हामी नेपाली जनतालाई नालापानीको पवित्र पानी पिउने धोको छ। तिमीलाई भारत, चाइना र अमेरिकाबाट जाहाजमा चढिआएको मिनरल वाटरले पुग्छ होला। हामी जनतामा वीर गोर्खालीको रगत बगिरहेको छ, हामी गोरखाली झै साहसी पनि छौ।
तर मलाई शंका लाग्छ तिमी सरकारमा बस्नेहरूमा कसको रगत बगिरहेछ। नत तिमीमा साहस छ, नत तिमीहरुमा हिम्मत नै। कतै तिमीहरु पछाडिबाट छुरा प्रहार गर्न काएरको नाजायज सन्तान त हैनौ। हामीलाई हाम्रो देशको टुक्राटुक्रा लिँदा एक जुट भई देश र वीर गोर्खालीको इज्जत बचाउनु छ। तर तिमीलाई भारत, चिन र अरु थुप्रै देशको गुलामी गर्नुछ र सात पुस्ता पुग्ने सम्पती जम्मा गर्नुछ, देशलाई बेची–बेची।
हामी नेपाली जनतालाई टिस्टा नदीको पवित्र पानीमा पैडिन मन छ। तिमीहरुलाई रहर होला भारतको यमुनामा पैडिन। विर गोरखालीको साहस हिम्मत सुन्दा जर्मनीका कोइजर भन्थे सारा विश्व आवोस् लड्छु। तर नाम गोर्खाली सुन्दा मेरो मुटु थरथर काम्छ।
हामी नेपाली जनतालाई आहिले तिमी सरकारमा भएकाले गर्दा सारा विश्व हेर्ने दृष्टिकोण बदलिएको छ। हामी दाजुभाई दिदीबहिनी छिट्टै भेटी एकजुट भई आयौं भन्ने पहिला नेपाली आमालाई बेच्ने र नेपाली जनताको खुन चुस्ने र देश दोहरीको घाटी छिनाल्छौ।
त्यसपछि हामी बिर गोर्खालीलाई कमजोर र कायर सोच्ने र हाम्रो भूभागमा हक जमाउनेको घाटी छिनाल्छौ। हामी नेपाली जनताको हिम्मत र साहस र नझुक्ने शिर देउवा, दाहाल, भट्टराई, नेपाल र ओलीले देखेका छौं आफ्नो लागि गणतन्त्र ल्याउँदा। सोच्नु अब नेपाली जनताको आमालाई दिनदिनै लुट्दा तिमीले जनताको तान्डव देख्छौं।
त्यसैले होसियार अझै आलै छ घाउ, अठारको, नालापानीको। न बल्झाउ त्यो आलो घाउलाई, मनपरी गरी बच्न नखोज नेपाली आमालाई लिजमा दिएको भन्नेर। हामी नेपाली जनतालाई नालापानीको पवित्र पानी पिउने धोको र लिपुलेक हामी नेपालीको भन्ने रहर छ।
(लेखक पृन्शका क्रिसेन्ट सिटी स्कुलमा अध्ययनरत छिन्)