सुदूर नेपाललाई विश्वसँग जोड्दै

सांसदको सहयोगमा बोलन्या थलीद्धारा नाकामा फलफूल वितरण

२०७७ जेठ २०, ०१:०९ खबर संवाददाता

धनगढी : बोलन्या थली धनगढीले भारतबाट फर्किएका नेपालीहरूलाई कैलालीको त्रिनगर नाकामा फलफूल वितरण गरेको छ। कैलाली सहितका जिल्लाका संघिय सांसदहरुको आर्थिक सहयोगमा बोलन्या थलीले नाकामा फलफूल वितरण गरेको हो।

बोलन्या थलीका संयोजक यादव जोशीले कैलाली सहित विभिन्न जिल्लाका सांसदको सहयोग सीमामा फलफूल वितरण गरिएको जानकारी दिए। जोशीले नाकामा आइपुगेका बालबालिका,महिला  र वृद्धहरूलाई फलफूल वितरण गरेको बताए। उनका अनुसार सो अभियानलाई निरन्तरता दिइने र आजै नै धनगढीमा रहेका क्वारेनटाइनमा दूध, फलफूल समेत वितरण गरिनेछ।

कैलालीका प्रतिनिधिसभा सांसद झपट रावल, गौरीशंकर चौधरी,  लक्ष्मी चौधरी, दाङका  मेटमनी चौधरी, गंगा चौधरी, दैलेखका पार्वती बिक, बझाङकाआशा बिक, कञ्चनपुरकी बिना बुढाथोकी  र काठमाडौँकी माया ज्ञवालीको  २० हजार आर्थिक सहयोगमा फलफूल वितरण कार्यक्रम सञ्चालन  गरिएको हो।

बोलन्या थलीले त्रिनगर नाकाबाट उद्दार गरिएकाहरुलाई लक्षित गरेर दाताहरुको सहयोगमा विभिन्न कार्यक्रम चलाउदै आएको छ।

उक्त संस्थाले कोरोना भाईरसपछि जारी लकडाउनले प्रभावित भएकाहरुलाई लक्षित गर्दै धनगढीमा आश्रय अड्डा,दानापानी अभियान,दैलोमा दबाई,जनताद्धारा दान जनताकै लागी खानपान,निःशुल्क व्यालेन्स , पिसिओ सेवा,अण्डा वितरण लगायतका अभियान पनि सञ्चालन गरेको थियो।  

कमेन्ट लोड गर्नुस