सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतबाट फर्किएका मजदुर बोकेका बस ठाउँ–ठाउँमा रोक्दा जोखिम बढ्यो

२०७७ जेठ २०, ०९:३१ खबर संवाददाता

धनगढी : भारतबाट सीमा सम्म पुगेका मजदुरलाई उद्धार गरेपछि सम्बन्धित पालिका पुगाउँदा ठाउँ–ठाउँमा बस नरोक्न प्रशासन र यातायात प्रालीहरुले आग्रह गरेका छन्। कैलालीको त्रिनगर नाकाबाट उद्धार गरिएका मजदुरलाई बोकेका बस धनगढीमै ठाउँ–ठाउँमा रोक्दा उनीहरु वरपर घुम्ने भएकाले नरोक्न प्रशासन र यातायात प्रालीले आग्रह गरेको हो।

सुन्दर सुदूरपश्चिम यातायात प्र्रालीका अध्यक्ष पदम सापकोटाले बस चालकहरुलाई नरोक्न आग्रह गरेको बताए। ‘पूर्वी नेपालमा जाने बसका लागि प्रशासनको पास आवश्यक हुने गरेको छ,’ सापकोटाले भने, ‘प्रशासनले नाकामै पासको व्यवस्थापन गर्न सके बाटोमा बस रोक्नपर्ने थिएन्। केही चालकहरुले इन्धनका लागि पनि ठाउँ–ठाउँमा रोक्ने गरेकोमा इन्धन पहिले नै हाल्न आग्रह गरेका छौ।’

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले पनि पासको व्यवस्था नाकामै गर्ने विषयमा छलफल भईरहेको बताए। 
 

कमेन्ट लोड गर्नुस