कैलालीका डिएसपी बस्नेतको बिदाई
धनगढी : कैलालीबाट सरुवा भएका प्रहरी नायव उपरिक्षक (डिएसपी) दक्षकुमार बस्नेतको बिदाई गरिएको छ। २०७५ साल फागुन १९ गते कैलालीमा सरुवा भई आएका प्रहरी नायब उपरीक्षक बस्नेतको महानगरीय प्रहरी बृत नयाँ बानेश्वरमा सरुवा भएपछि उनको बिदाई गरिएको हो।
जिल्ला प्रही कार्यालय कैलालीमा कार्यरत रहदा बस्नेतले अपराध नियन्त्रण र अनुसन्धानमा सक्रियताका साथ काम गरेको कैलाली प्रहरीले जनाएको छ।
भारतबाट चोरी गरेको ६५ लाख भारतीय रुपैँया सहित संलग्न पक्राउ, सामुहिक जबरजस्ती करणी घटनामा संलग्न व्यक्तीहरुलाई पक्राउ, कर्तव्य गरी शव सडकमा फालेको घटनामा संलग्न व्यक्तीको पहिचान गरी पक्राउ गर्न, ठगीमा संलग्न व्यक्तीलाई विभिन्न कार्यालयका छाँप,कागजात, हातहतियार बरामद गरी संलग्नलाई पक्राउ, नक्कली नोट छाप्न प्रयोग हुने मेसिन सहित संगलन पक्राउ, लागु औषध लगायतका जघन्य घटनाको सफल अनुसन्धान गर्नमा बस्नेतले प्रमुख भुमिका खेलेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
साथै जिल्लाको शान्ति सुरक्षा कायम गर्ने सहासिक र उत्कृष्ट कार्य गरे बाफत सुदूरपश्चिम प्रदेश प्रहरी कार्यलयले बिदाई गर्दै एक हजार पाँच सय नगद सहित पुरुस्कृत समेत गरेको छ। उनी कैलाली बसाइको क्रममा तीन पटक पुरस्कृत भईसकेका छन्।