कैलालीको त्रिनगर नाकाबाट आज तीन हजार नेपाली भित्रिए
धनगढी : कैलालीको त्रिनगर नाकाबाट आज तीन हजार ६७ जना नेपाली भित्रिएका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार आज मात्रै तीन हजार ६७ जना नेपाली भित्रिएका हुन्।
जिल्ला प्रशासनको समन्वयमा स्वादेश भित्रिएकाहरुलाई सम्बन्धित स्थानीय तहमा पठाउने काम भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्ष दक्ष कुमार बस्नेतले बताए। उनीहरुलाई स्थानीय तहको क्वारेन्टाईनमा राखिने छ।