सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी प्रयोगशालामा २४ घण्टामा ८७ जनाको कोरोना परीक्षण

२०७७ जेठ १९, ०६:४९ खबर संवाददाता

धनगढी : पछिल्लो २४ घण्टामा धनगढी प्रयोगशाला मार्फत ८७ पीसीआर विधीबाट कोरोना परीक्षण गरिएको छ। ८७ जनाको कोरोना परीक्षण गर्दा १८ जना बाहेक अरु सबैको रिर्पोट नेगेटिभ आएको प्रदेश स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ।

स्वाब संकलन गरेका नौँ सय १५ जनाको नमुना परीक्षण बाँकी रहेको छ। यस्तै पछिल्लो २४ घण्टामा दुई सय ३९ जनाको ¥यापिष्ड टेस्ट गर्दा थप १७ जनामा एन्टीबडी देखाएको छ। प्रदेशभरी अहिले सम्म २२ हजार ५ सय ४५ जनाको बढीको ¥यापिड टेस्ट गर्दा एक सय ४१ जनामा एन्टिबडी अर्थात पोजेटिभ देखाएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयले आज सार्वजनिक गरेको तथ्याङक अनुसार अहिलेसम्म एक सय ४१ जनामा आरडिटी पोजेटिभ देखाएको हो। उनीहरुमध्ये अहिलेसम्म ९२ जनाको मात्रै पीसीआर मार्फत परीक्षण गरिएको छ। ४९ जनाको भने पीसीआर मार्फत परीक्षणका लागि स्वाब संकलन गरिएको तर परीक्षण रिपोर्ट आउन बााकी रहेको निर्देशनालयले जनाएको छ।

कमेन्ट लोड गर्नुस