गणतन्त्रलाई दुखिरहेको छ
लक्षिराम अचार्य
गणतन्त्रमा लगाइएको घाउ
आज पनि दुखिरहेको छ
कहिले शहिदहरुको
रगत पोखियकोले रुन्छ
कहिले घाइते योद्दाहरुको
घाउ चर्याएर दुख्छ
कहिले सहिद परिवारको
चीत्कार खोतलियर दुख्छ
कहिले सत्ताको लुछाचुंडिमै दुख्छ
कहिले नेपाली माटो लुटिंदा दुख्छ
कहिले नाकाबन्दिको
बन्दी बनाइदा दुख्छ
कहिले गिद्द्ले
लिम्पियाधुरा कालापानी
लुछेर लतार्दा
महाकाली आँसु बनेर बग्छ
कहिले नागरिकतामा अनि बिप्पा हुंदै
अहिले यमसिसी थोपार्दा
घाँस देखि थिच्चियर सांढे गोरुले
कांध छोडिदिंदा
छाती पिटिपिटी पिरोलेर दुखी रहेछ
अंझै कथित जातभातको नाममा
प्रेमिल नबराज बिकहरुको
नरसङ्हार मचाएर चौरजहारि सोतिले
जाजरकोट रानागाउँलाई
मुर्छित तुल्ल्याई रहेकोछ
कोरोना महामारिमा पनि
सांढेहरुले भागबिलो लगाई
अंसबन्डा गरेको
दृष्टान्त सुन्नुपर्दा मेरो प्यारो
गणतन्त्रलाई झन धेरै दुखिरहेछ।