सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रहरी छाङरुबाट तिङ्कर उक्लियो

फाईल फोटो
फाईल फोटो
२०७७ जेठ १५, १२:३७

दार्चुला : गत जेठ १ गते व्यासको छाङरुमा पुगेको नेपाल प्रहरी बुधबार व्यासको तिङ्करस्थित छियालेक चौकीमा उक्लिएको छ। छाङरु पुगेको दुई सातापछि नेपाल प्रहरी छियालेक चौकी सरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। छियालेक झण्डै पाँच हजार मिटर उचाइमा छ। 

नेपाली सेनाको हेलिकोप्टरमार्फत सशस्त्र प्रहरीसँगै गत वैशाख ३१ गतेदेखि जेठ २ गतेसम्म सुरक्षाकर्मी र खाद्यान्नलगायत बन्दोबस्ती ओसारेको थियो। पहिलोपटक सशस्त्रको बिओपी छाङरुको गागामा राखिएको छ भने सीतापुलमा नेपाल प्रहरी छ। 

यस्तै तिङ्करको छियालेकमा बुधबारदेखि प्रहरीले चौकी स्थापना गरी काम सञ्चालन गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले बताए। रासस
 

कमेन्ट लोड गर्नुस