सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम प्रदेशको संसदीय टोली डडेल्धुरामा

२०७७ जेठ ११, ०२:४३

डडेल्धुरा : कोरोना भाइरसको जोखिम हुन नदिन लकडाउन जारी रहँदा  डडेल्धुरामा भएको वन अतिक्रमणको अवस्था स्थलगतरूपमा बुझ्न सुदूरपश्चिम प्रदेशको संसदीय टोली यहाँ आइपुगेको छ।   जिल्लाका विभिन्न स्थानमा संसदीय टोलीले अनुगमन गरेको डिभिजन वन कार्यालय डडेल्धुराले जनाएको छ।

सुदूरपश्चिम प्रदेश संसद्को अर्थ, विकास तथा प्राकृतिक स्रोत समिति सभापति हर्कबहादुर कुँवरको नेतृत्वमा ६ जना प्रदेश सभाषद्को टोली यहाँ आइपुगेका हुन्।  टोलीले  वन अतिक्रमणबारे चासो राखेको र सरोकारवालासँग बुझेको सो कार्यालयका प्रमुख विष्णुप्रसाद अचार्यले जानकारी दिए। 

जिल्लाबाट उपभोक्ताले गरेको उजुरीका आधारमा संसदीय टोली यहाँ आएको समितिका सदस्य महेशदत्त जोशीले जानकारी दिए। लकडाउनका बेला जिल्लाका डेढ दर्जन सामुदायिक वनमा  अतिक्रमण भएको  आधारमा  टोली आइ अध्ययन शुरु गरेको उनले बताए। -रासस

कमेन्ट लोड गर्नुस