सुदूर नेपाललाई विश्वसँग जोड्दै

गौरीफन्टाबाट बुडर पुगेका डडेल्धुराका मजदुर अलपत्र, जनप्रतिनिधीले वेवास्ता गरे

२०७७ जेठ ११, ०८:५६ खबर संवाददाता

धनगढी : गौरीफन्टा नाकाबाट जिल्ला प्रशासन कार्यालय कैलालीले उद्दार गरी पठाएका मजदुर बीच बाटोमै अलपत्र परेका छन्। भारतको दिल्लीबाट आएका डडेल्धुराको आलीताल गाउँपालिका ९ जना मजदुर डोटीको बुडरमा शनिबारदेखि अलत्रप परेका हुन्।

 गौरीफन्टा नाकाबाट स्थानीय प्रशासनले बैतडीको गाडीमा पठाएका आलीताल गाउँपालिका वडा नम्बर ३ र ५ का ९ जना मजदुरलाई जनप्रतिनिधीले वेवास्ता गरेपछि बीच बाटोमै अलपत्र परेका हुन्।

शनिबारदेखि बुडरमै रहेका लोकेश बोहराले आफूहरुले गाउँपालिकाका अध्यक्ष बलबहादुर गुरुङलाई उद्दारका लागि सहयोग गरिदिन आग्रह गर्दा समेत वेवास्ता गरिएको आरोप लगाए। उनले शनिबारदेखि भोकाभोकै बुडरमा अलपत्र पर्दा समेत अध्यक्षले वडाध्यक्षलाई र वडाध्यक्षले गाउँपालिका अध्यक्षलाई भन्नुस भन्दै टारेको बताए।

उनका अनुसार अवेर राती सम्म गाउँपालिकाले उद्दार नगरिदिएपछि बुडरमा प्रहरीको सहयोगमा बस्ने व्यवस्था भएपनि खाना भने पाएका छैनन्।

यता गाउँपालिकाका अध्यक्ष गुरुङले उनीहरुलाई ल्याउन आज बिहानै एम्बुलेन्स पठाईसकेको बताए। उनले क्वारेन्टाईनका विषयमा केही विवाद भएका कारण शनिबार नै उनीहरुलाई ल्याउन नसकिएको दावी गरेका छन्। 
 

कमेन्ट लोड गर्नुस