डडेल्धुरामा कोरोना भाइरस नियन्त्रण गर्न प्रहरीको चेक पोष्ट स्थापना
२०७७ जेठ ८, ०७:१५
डडेल्धुरा : डडेल्धुरामा कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न प्रहरी चेक पोष्टको स्थापना गरिएको छ। बिहीबार डोटीको सिमाना नजिकै भीमदत्त राजमार्गमा पर्ने आलिताल गाउँपालिका १ कटालमा चेक पोष्टको स्थापना गरिएको हो।
आलिताल गाउँपालिकाको सहयोग र जिल्ला प्रहरी कार्यालय डडेल्धुराको समन्वयमा लकडाउन प्रभावकारी रूपमा कार्यान्वयनको लागि सुरक्षा पोष्ट स्थापना गरिएको प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए।
स्थापना गरिएको चेक पोष्टमा नियमित सवारीसाधन चेकजाँच भइरहेको उनले बताए।
कमेन्ट लोड गर्नुस