सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्वदेश फर्किन गौरीफन्टा नाका पुगेका मजदुरलाई भारतीय क्वारेन्टाईनमा राखियो

२०७७ जेठ ५, ०८:४९ खबर संवाददाता

धनगढी : स्वदेश फर्किन कैलालीको गौरीफन्टा नाका सम्म पुगेका मजदुरहरुलाई सीमावर्ती भारतीय क्षेत्रमा स्थापना गरिएको क्वारेन्टाईनमा व्यवस्थापन गरिएको छ।

झण्डै डेढ महिनादेखि कैलालीको सीमावर्ती क्षेत्र पलियामा राखिएकाहरुको उद्दार पछि आईतबार थप एक सय दुई जना सीमानाका सम्म पुगेका थिए।

भारतका विभिन्न स्थानमा ज्याला मजदुरी गर्दै आएका उनीहरुलाई गौरीफन्टा नाकाबाट फर्काएर पलिया स्थित क्वारेन्टाईनमा राखिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले सीमामा पुगेका एक सय दुई जना मजदुरलाई पलियाको क्वारेन्टाईनमा राखिएको जानकारी दिए।

यसअघि जिल्ला प्रशासन कार्यालय कैलालीले भारतीय पक्षसँग समन्वय गरी लामो समयदेखि सीमानाकामा पुगेर रोकिएका मजदुरहरुको उद्दार गरेको थियो।

प्रहरीका अनुसार शुक्रबार र शनिबार उद्दार गरिएका सात सय ८६ जनालाई सम्बन्धीत स्थानीय तहको जिम्मा लगाईएको छ। 
 

कमेन्ट लोड गर्नुस