सुदूर नेपाललाई विश्वसँग जोड्दै

शुक्रबार कैलाली फर्किएका सबैको कोरोना रिपोर्ट नेगेटिभ

२०७७ जेठ ३, ०९:०६ खबर संवाददाता

धनगढीः शुक्रबार सीमावर्ती भारतीय क्वारेन्टाईबाट उद्दार गरिएका सबै नेपालीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ। गौरीफन्टा नाकाबाट तीन सय ८१ नेपालीको उद्धार गरिएको तीन सय २४ जनार्को र्‍यापिड टेस्ट गरिएको थियो। बाँकीको पीसीआर परिक्षण गरिएको थियो। शनिबार पीसीआर परिक्षणण गरिएकाहरुको पनि रिपोर्ट नेगेटिभ आएको धनगढी स्थित कोरोना परीक्षण प्रयोगशालाले जानकारी दिएको छ। 
शुक्रबार भारतको महाराष्ट्र लगायत बढि कोरोना भाइरस (कोभिड–१९) संक्रमण रहेको क्षेत्रबाट फर्किएका नेपालीको स्वाब संकलन गरिएको थियो। शनिबार राती मात्र उनीहरुको रिर्पाेट आएको हो। शुक्रबार उद्धार गरिएका तीन सय ८१ जनामा सबैभन्दा बढि कैलालीका एक सय एक जना रहेका थिए। शनिबार पनि दुई सय ७६ नेपालीको उद्दार गरिएको छ। 

कमेन्ट लोड गर्नुस