गौरीफन्टा नाकाबाट आज पनि उद्धार सुरु
धनगढी : गौरीफन्टा नाकाबाट आज पनि उद्धार सुरु भएको छ। भारतीय क्वारेन्टाईनमा रहेका नेपालीहरुको उद्धार सुरु गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।
रामपुर क्वारेन्टाईनमा रहेका ९२ सहित अन्य नेपालीको समेत उद्धार गरिने प्रशासनका सुचना अधिकारी शिवराज जोशीले बताए।
शुक्रवार पनि सीमावर्ती भारतीय क्वारेन्टाइनमा रहेका तीन सय ८५ जना नेपालीको उद्धार गरिएको थियो।
उनीहरु मध्ये तीन सय २४ जनाको सीमा क्षेत्रमै ¥यापिड टेस्ट गरिएको थियो भने बाँकी ६१ जनाको पीसीआर परीक्षणका लागि थ्रोट स्वाबको नमुना संकलन गरिएको छ।