सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली प्रशासनको आग्रह- सीमानाका खुलेको छैन्, सम्बन्धित ठाउँमै बस्नुस्

२०७७ जेठ ३, ०१:०३ खबर संवाददाता

कैलाली : जिल्ला प्रशासन कार्यालय कैलालीले सीमा नाका बन्द नै रहेकाले तत्काल सम्बन्धीत स्थानमै बस्न आग्रह गरेको छ। झण्डै डेढ महिनादेखि कैलालीको सीमावर्ती क्षेत्र पलियामा बसेका मजदुरहरुको उद्दार गरिएपनि सीमा नाका बन्द नै भएकाले तत्काल भारतमा आफू भएकै स्थानमा सुरक्षित रुपमा बस्न आग्रह गरिएको हो।

 कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले लामो समयदेखि सीमानाकामा पुगेर रोकिएकाहरुको उद्दार गरिएको भएपनि सीमा बन्द नै भएको बताए। उनले धेरैलाई सीमानाकाबाट प्रवेश गर्न पाईन्छ की भन्ने परेकाले तत्काल नाका बन्द भएकाले नफर्किन सबैलाई आग्रह गरे।

जिल्ला प्रशासन कार्यालय कैलालीको समन्वयमा शुक्रबार गौरीफन्टा नाकाबाट तीन सय ७१ नेपालीलाई स्वदेश फर्काएको छ। उनीहरु विगत झण्डै डेढ महिनादेखि भारतको पलियामा क्वारेन्टाईनमा बसिरहेका थिए।

उनीहरु मध्ये तीन सय २४ जनाको गौरीफन्टा नाकार्मा यापिड टेस्ट गरिएको थियो भने बाँकीको पीसीआर विधीबाट कोरोना परीक्षण गर्ने तयारी छ।  
 

कमेन्ट लोड गर्नुस