सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा नुनसँगै मदिरा ढुवानी गर्न प्रयोग भएको ट्रक चालक सहित नियन्त्रणमा

२०७७ जेठ २, ०६:१६ खबर संवाददाता

धनगढी : धनगढीमा नुनसँगै मदिरा ढुवानी गर्न प्रयोग गरिएको मीनी ट्रक चालक सहित प्रहरीले नियन्त्रणमा लिएको छ। धनगढीको साल्ट ट्रेडिङबाट नुन लिएर बैतडी जादै गरेको से १ ख २०१० नम्बरको मीनी ट्रकमा मदिरा समेत फेला परेपछि नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले नुन ढुवानी गर्न प्रयोग भएको मीनी ट्रकबाट एक लाख १५ हजार बराबरको एक सय २६ कार्टुन मदिरा पनि बरामद गरिएको बताए।

प्रहरी नायब उपरिक्षक बस्नेतले गाडीसँगै चालक र साहुलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको जानकारी दिए।

अस्थायी प्रहरी पोष्ट चकटपुर र जिल्ला प्रहरी कार्यालयको संयुक्त प्रहरी टोलीले शंका लागेपछि चेकजाँच गर्दा मीनी ट्रकमा मदिरा भेटाएको थियो।
 
 

कमेन्ट लोड गर्नुस