सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीपारि भारतीय सीमावर्ती क्षेत्रमा राखिएका ४७२ जनालाई ल्याईदै

फाईल तस्बिर
फाईल तस्बिर
२०७७ जेठ २, ०१:१८ खबर संवाददाता

धनगढी : कैलालीपारि भारतीय सीमावर्ती क्षेत्रमा राखिएका चार सय ७२ जनालाई आज स्वदेश ल्याईने भएको छ। गृह मन्त्रालयको आदेशपछि झण्डै ४६ दिनदेखि क्वारेन्टाईनमा राखिएका उनीहरुलाई स्वदेश ल्याइन लागिएको हो।

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले उनीहरुलाई स्वदेश फर्काउने तयारी भईरहेको जानकारी दिए। उनीहरुको स्वास्थ्य परीक्षण गरेर सम्बन्धीत जिल्लामा पठाईने प्रजिअ बोहराले बताए।

प्रशासनका अनुसार सीमापारि कैलाली, कञ्चनपुर सहित बैतडी, डडेल्धुरा, सुर्खेत, बझाङ, दैलेख, कास्की, सिन्धुली, रौतहट लगायतका जिल्लाका नागरिक रहेका छन्।

उनीहरुले स्वदेश फर्किएर सम्बन्धीत स्थानीय तहले स्थापना गरेको क्वारेन्टाईनमा बस्नुपर्नेछ। 
 
 

कमेन्ट लोड गर्नुस