सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा कोरोना संक्रमित बालिकाको सम्पर्कमा आएका ९६ जनाको रिपोर्ट नेगेटिभ

२०७७ जेठ २, ०७:३१ खबर संवाददाता

धनगढी : कैलालीमा कोरोना संक्रमित बालिकाको सम्पर्कमा आएका ९६ जनाको रिपोर्ट नेगेटिभ आएको छ। बर्दियाकी कोरोना संक्रमित ११ बषीय बालिकाको सम्पर्कमा आएका ९६ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको हो।

उनीहरु सबै गोदावरी नगरपालिका वडा नम्वर ८ मजगाउँका हुन्। मजगाउँबाटै थप ३८ जनाको समेत थ्रोट स्वाबको नमुना संकलन गरिएकोमा परीक्षण बाँकी रहेको गोदावरी नगरपालिकाले जनाएको छ।

मजगाउँबाट दुई दिनमा एक सय ३४ जनाको नमुना संकलन गरिएको थियो। बर्दियाको राजापुर नगरपालिका–५ घर भएकी बालीकामा सोमवार कोरोना पुष्टि भएपछि उनको सम्पर्कमा आएका व्यक्तिहरुको थ्रोट स्वाब संकलन गरिएको थियो।

ति बालिका कैलालीको गोदावरी नगरपालिकामा एक महिना भन्दा लामो समय र भजनी नगरपालिकामा ५, ६ दिन बसेर बर्दिया फर्किएकी थिईन्। 
 

कमेन्ट लोड गर्नुस