कोपिला सामुदायिक बनको कार्यालयमा तालाबन्दी
लम्की : कैलालीको लम्कीचुहाको कोपिला सामुदायिक वन उपभोक्ता समूहको कार्यालयमा तालाबन्दी गरिएको छ। लम्कीचुहा नगरपालिका वडा नम्बर ३ को व्यवस्थीतनगरमा रहेको कोपिला सामुदायिक बनको कार्यालयमा उपभोक्ताले बीहीवार अनिश्चितकालीन तालाबन्दी गरेका हुन्।
समयावधी सकिएको कार्य समितिले उपभोक्ताको हित विपरित कार्य सम्पादन गर्न थालेको भन्दै साधारणसभाको माग गर्दै तालाबन्दी गरिएको गरेका हुन्। वर्तमान कार्य समितिले गाउँका केही टाठाबाठालाई हातमा लिएर गैरकानूनी रुपमा कार्य सम्पादन गर्न थालेपछि कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरिएको संघर्ष समितिका संयोजक रंगप्रसाद उपाध्यायले बताए।
यस्तै साधारणसभा बोलाई आयव्यय विवरण पारदर्शी रुपमा सार्वजनिक गर्नुपर्नेमा वन पदाधिकारीले उल्टै आफु अनुकुल निर्णय गरेको भन्दै उनीहरुको राजिनाको माग समेत गरिएको छ भने वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागु गर्ने निर्णय फिर्ता नलिदा सम्म तालाबन्दी यथावथ राख्ने चेतावनी दिईएको छ।