धनगढीमा कुहिएको चामल प्रकरणमा संग्लनलाई कारवाहीको माग
धनगढी : युवा संघ नेपाल धनगढी नगर कमिटिले उप–महानगरपालिकामा कुहिएको चामल वितरण गरिएको प्रकरणमा संलग्नलाई कारवाहीको माग गरेको छ।
लकडाउनका कारण समस्यामा परेकाहरुलाई राहत वितरण गर्ने नाममा मिलेमतो गरी कुहिएको चामल वितरण गरेको घटनामा ध्यानाकर्षण भएको भन्दै कारवाहीको माग गरिएको हो।
युवा संघ नगर कमिटीले मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय, जिल्ला प्रशासन कार्यालय कैलाली र धनगढी उपमहानगरपालिकामा कारवाहीको माग राख्दै ज्ञापनपत्र बुझाएका छन्।
युवा संघ नेपाल धनगढी नगर कमिटीका संयोजक विष्णु केसीद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा सत्यतथ्य छानबिन गरी दोषीमाथि कारवाहीको माग गरिएको छ।
साथै उक्त प्रकरणमा मिलेमतो गरी राहत वितरण कार्यक्रममा अनियमितता भएको समेत युवा संघको आरोप छ।