कैलालीबाट अर्को जिल्ला जान नपाइने, अत्यावश्यकमा दुबै जिल्लाको अनुमती आवश्यक
धनगढी : कोरोना संक्रमिथ थपिदै गएपछि कैलालीमा पनि अन्य आवागमनमा कडाई गरिएको स्थानीय प्रशासनले जनाएको छ।
गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी जारी भएका सबै सवारी पास रद्द गरेपछि आवागमनमा कडाई गरिएको हो।
कैलालीका सहायक प्र्रमुख जिल्ला अधिकारी मोहन जोशीले अर्को जिल्ला जाने पास दिन बन्द भईसकेको बताए। ‘गृह मन्त्रालयको निर्णय अनुसार आवागमनमा कडा गरेका छौँ। अत्यावश्यक परेपनि दुबै जिल्लाको सहमती लिनुपर्ने मापदण्ड बनाएका छौँ।’ उनले भने।
जिल्ला बाहिरको आवागमनलाई कडा गरिएपनि जिल्लाभित्र भने लकडाउन खुकुलो छ। अहिले गृह मन्त्रालयले अनुमती नदिएका व्यवसाय समेत सञ्चालन भएका छन्।