सुदूर नेपाललाई विश्वसँग जोड्दै

अनेरास्ववियूद्वारा धनगढीमा कुहिएको चामल वितरण गर्नेलाई कारवाहीको माग

२०७७ जेठ १, ०९:२३ खबर संवाददाता

धनगढी : धनगढी उप–महानगरपालिकामा लकडाउनका कारण समस्यामा परेहकाहरुलाई राहतमा कुहिएको चामल वितरण गरेको भन्दै अनेरास्वावियू कैलालीले विरोध जनाएको छ।

अनेरास्वावियूले प्रेस विज्ञप्ती जारी गर्दै कुहिएको चामल वितरण गरेर दैनिक ज्यालादारी गरिखाने वर्गहरुको जनस्वास्थ्यमाथि खेलवाड गरेको भन्दै विरोध जनाएको हो।

‘वितरण गरेको भनिएको चामल पनि कुहिएको फेला परेको हुँदा यस्तो निन्दनीय कार्यप्रति आपत्ति प्रकट गर्दछौं’ अनेरास्ववियू कैलालीका संयोजक कुमार बडैला र सह–संयोजक समिर जोशीद्धारा जारी विज्ञप्तीमा भनिएको छ।

विज्ञप्तीमा धनगढीमा कोठा भाडामा लिएर बस्दै आएका विद्यार्थीहरुले पनि राहत नदिएको प्रति ध्यानाकर्षण समेत गराईएको छ।

कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनबाट प्रभावित दैनिक छाक टार्न समस्या भएकाहरुलाई उप–महानगरपालिकाले संञ्चालन गरेको राहत वितरण कार्यक्रममा अनियमितता भएको समेत अनेरास्ववियूको दावी छ। सत्यतथ्य छानबिन गरी दोषीमाथी कारवाहीको माग समेत गरिएको छ।

कमेन्ट लोड गर्नुस