सुदूर नेपाललाई विश्वसँग जोड्दै

लिपुलेकमा भारतीय अतिक्रमण विरूद्ध कैलालीमा माओवादी केन्द्र सडमा उत्रियो

२०७७ वैशाख ३१, ०९:१७ खबर संवाददाता

भारतले नेपालीभूमि लिपुलेक अतिक्रमण गरी मानसरोवर जोड्ने सडक निर्माण गरेको विरोधमा नेकपा (माओवादी केन्द्र) ले कैलालीमा विरोध प्रर्दशन गरेको छ।  

पुर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत लम्की बजारको मुख्य चोकमा माओवादी केन्द्रले भारतीय विस्तारवादी नीति र सरकारको लाचारीपन विरूद्ध नारा जुलुश सहित विरोध प्रर्दशन गरेको हो। विश्वभर कोरोना संकट रोकथाम तथा व्यवस्थापनको चिन्ता बढ्दै गर्दा भारतले नेपाली भूमि अतिक्रमण गर्नु र त्यसमा सरकारको मैनता देखिएका कारण देश बचाउन आफुहरू लकडाउन तोडेर सडकमा उत्रीन बाध्य हुनुपरेको (माओवादी केन्द्र) का उपाध्यक्ष तथा सुदूरपश्चिम प्रदेश ईन्चार्ज रंगनाथ ढकालले बताए।

भारतले मनोमानीपूर्वक नेपालको दार्चुलास्थित व्यास गाउँपालिका–१ को गुञ्जीदेखि लिपुलेकसम्मको करिव २२ किलोमिटर सडक निर्माण गरेको र त्यसलाई रोक्नका लागि सरकारलाई दवाव दिन आफुहरू आन्दोलित हुनुपरेको उनले बताए। 

नारा जुलुशसँगै नेपाली भूमिमा अतिक्रमण गर्ने भारतीय सरकारका प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय हमला प्रति लाचार तथा आत्मसमर्पणवादमा प्रधानमन्त्री केपीशर्मा ओली रूमलिएको भन्दै दुबैको पुत्ला समेत दहन गरेको (माओवादी केन्द्र) ले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस