कैलालीमा पानी भर्ने क्रममा एक जनाको मृत्यु
धनगढी : कैलालीमा पानी भर्ने क्रममा एक जनाको मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिका वडा नम्वर ४ का ६२ वर्षीय भोजवहादुर बिकको मृत्यु भएको हो।
बृद्धभक्ता बुझ्नका लागि जाने क्रममा गोदावरी नगरपालिका वडा नम्वर ४ बुढितोला नजिकै धारामा पानी भर्ने क्रममा एक्कासी बेहोस भएका बिकको घटनास्थलमै मृत्यु भएको हो। जिल्ला प्र्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बिकसंगै उनका भतिजा गोपाल बिक पनि थिए।
मृतकको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा ल्याईएको छ भने घटनास्थलमा प्रहरी पुगेको छ।