सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोना संक्रमित बालिकाको सम्पर्कमा आएका कैलालीका ८ जनाको रिपोर्ट नेगेटिभ

२०७७ वैशाख ३१, ०६:५३ खबर संवाददाता

धनगढी : कोरोना संक्रमित बालिकाको सम्पर्कमा आएका कैलालीका ८ जनाको रिपोर्ट नेगेटिभ आएको छ। हिजो उनीहरुको थ्रोट स्वाबको नमूना संकलन गरी धनगढी प्रयोगशालामा पठाईएकोमा ८ जनाकै रिपोर्ट नेगेटिभ आएको प्रयोगशालाले जनाएको छ। उनीहरु सबै भजनीका हुन्।

कैलालीबाट बर्दिया फर्किएकी ११ बर्षीय बालिकामा कोरोना पुष्टि भएपछि उनको सम्पर्कमा आएका व्यक्तिहरुको खोजी र परीक्षणका लागि नमूना संकलन सुरु भएको थियो। बर्दियाकी कोरोना संक्रमित ११ बर्षीय बालिकाको सम्पर्कमा रहेका एक सय ५९ जनाको नमुना संकलन भईसकेको छ।

एक सय ३४ जनाको गोदावरी नगरपालिकाको मजगाउँ र बाँकी २५ जनाको भजनीमा नमूना संकलन गरि परीक्षणका लागि पठाईएको कैलालीमा कोभिड १९ का सम्पर्क व्यक्ति जयसिंह भण्डारीले बताए। ८ जना बाहेक सबैको रिपोर्ट आउन बाँकी छ।

कमेन्ट लोड गर्नुस