सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी उप–महानगरपालिकाको वडा कार्यालयमा तालाबन्दी

२०७७ वैशाख ३०, ०४:५० खबर संवाददाता

धनगढी  : धनगढी उप–महानगरपालिका वडा नम्बर २ को कार्यालयमा तालाबन्दी गरिएको छ। लकडाउन प्रभावित नागरिकलाई गुणस्तरहिन चामल वितरण गरेको भन्दै नेपाल कम्यूनिस्ट पार्टी (नेकपा) वडा कमिटीले तालाबन्दी गरेको हो।  वडा कमिटी संयोजक विष्णु पुरीले प्रेस विज्ञप्ती जारी गर्दै वडा कार्यालयमा ताला बन्दी गरिएको जानकारी दिएकी छन्। 

पुरीद्धारा हस्ताक्षरित विज्ञप्तीमा वडा कार्यालयले लकडाउनको उलंघन गर्दै राहत वितरण गरेको पनि उल्लेख गरिएको छ। वडा कार्यालयबाट वितरण हुने चामल गुणस्तरीय हुनुपर्ने र एकद्धार प्रणालीबाट वितरण हुनुपर्ने उनीहरुको माग छ। 

कमेन्ट लोड गर्नुस